माघ २४ जुम्ला

नेकपा एमाले जुम्लाको २५ सय एक जनाको निर्वाचन परिचालन समिति गठन गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन लाई लक्षित गरी २५ सय सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको हो । निर्वाचन परिचालन समितिको नेतृत्वको जिम्मेवारी एमाले नेता देविलाल थापालाई दिईएको छ ।

जिल्लाका आठै पालिकामा थापाकै नेतृत्वमा निर्वाचन गतिविधि संचालन हुने छन् । भने पालिका स्तरमा पनि निर्वाचन परिचालन समिति गठन गरेर चुनावी प्रचार प्रशारलाई तिब्रता दिईएको छ । जसमा तातोपानी गाउँपालिकामा पालिका स्तरीय निर्वाचन परिचालन कमिटीको संयोजकमा आदी प्रसाद न्यौपाने र ईन्चार्ज धनकृष्ण पाण्डे रहनु भएको छ । तिला गाउँपालिकामा संयोजक रेशम बहादुर शाही, ईन्चार्ज गोर्ख बहादुर बुढा, हिमा गाउँपालिकामा संयोजक गोरेनाथ योगी, ईन्चार्ज जय बहादुर खत्रीलाई तोकिएको छ ।

सिँजा गाउँपालिकाको संयोजकमा धन बहादुर बुढा, ईन्चार्जमा नन्दराम रोकाया, कनकासन्दरी गाउँपालिकामा जय बहादुर बुढालाई संयोजक र मान बहादुर रोकायालाई ईन्चार्जको जिम्मेवारी दिईएको नेकपा एमाले जुम्लाले जनाएको छ । साथै पातारासी गाउँपालिकाको संयोजकमा विष्णु बहादुर बुढा र ईन्चार्जमा बल बहादुर महत, गुठिचौर गाउँपालिकामा संयोजक खड्क बुढा र ईन्चार्जमा प्रेम बहादुर बुढा र चन्दननाथ नगरपालिकामा संयोजकमा रामराजा महत र ईन्चार्जमा भिम बहादुर थापालाई ईन्चार्जको जिम्मेवारी दिईएको छ ।

आठै पालिकामा निर्वाचन परिचालन समिति गठन गरेर निर्वाचन प्रचार प्रशारलाई तिब्रता दिईरहेको संयोजक देविलाल थापाले बताउनु भयो । उहाँका अनुसार जुम्लामा २०५६ पछि एमालेको विरास फर्काउन कुनै पनि हालतमा चुनाव जित्ने गरी घरदैलो अभियान संचालन भईरहेको छ ।

Share.

Leave A Reply

Exit mobile version