Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा

    April 15, 20260 Views
    0 Views

    नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की

    April 13, 20260 Views
    0 Views

    नगरपालिकाका सचेत युवाद्धारा सरसफाई अभियान

    April 11, 20260 Views
    What's Hot
    0 Views

    भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा

    April 15, 20260 Views
    0 Views

    नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की

    April 13, 20260 Views
    0 Views

    नगरपालिकाका सचेत युवाद्धारा सरसफाई अभियान

    April 11, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा
    • नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की
    • नगरपालिकाका सचेत युवाद्धारा सरसफाई अभियान
    • एडिन लसद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन
    • प्याप्सन जुम्लाद्धारा ग्रासरुट फुटबल प्रतियोगिता आयोजना
    • जुम्लाबाट नेपालगन्ज जाँदै गरेको एम्बुलेन्स दुर्घटना, चालकसहित २ को मृत्यु, २ घाइते
    • संविधान संशोधन बहसपत्र तयारीका लागि गठित कार्यदलको पहिलो बैठक आज बस्ने
    • दरबन्दी जुम्ला, बसाइँ सिंहदरबारमा
    Facebook X (Twitter) Instagram YouTube LinkedIn WhatsApp TikTok
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • सम्पर्क
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    karnaliaja.comkarnaliaja.com
    Home»समाचार

    कोही चुनावी मैदानमा, कोही आन्दोलनमै : जेन–जीको दोहोरो भूमिका

    Aakash SunarBy Aakash SunarFebruary 22, 2026 समाचार No Comments5 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    कतिपय जेन–जीहरू २१ फागुनमा हुने निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार पनि हुनुहुन्छ । कैयौं जेन–जी योद्धा जेन–जी सहिद, घाइते र योद्धाका सपना साकार पार्ने उद्देश्यले सडकमै छन् । बोलिरहेका छन् । लेखिरहे

    जेन–जी आन्दोलनले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र व्याप्त भ्रष्टाचारविरुद्ध देशव्यापी विद्रोहको रूप लियो।विद्रोहपछि अन्तरिम सरकार गठन भई जेन–जीका मागलाई संस्थागत गर्ने सहमति भएको छ।अझै पनि कतिपय जेन–जीहरू निर्वाचनमा उम्मेदवार बनेका छन् भने धेरैजना सडकमै आफ्ना सपना र आवाज उठाइरहेका छन्।

    काठमाडौँ — प्रायःजसो कार्यक्रमका योजना, सपना र राजमार्गका रणनीति बनाउने, आयोजना गर्ने र सहकार्य गरेर अगाडि बढ्ने चार जना साथीहरू कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको वडा नम्बर ८, खजुराको एउटा घरमा जम्मा भयौं ।

    हामी पहिल्यैदेखि देशमा हुने विभिन्न अभियान, विद्रोह, सामाजिक न्याय र सुशासनका लागि सडकमा थियौं । ८ सेप्टेम्बरमा हुने आन्दोलनमा पनि एउटा सचेत नागरिकका हिसाबले कर्तव्य पालना गर्न खोजेका थियौं । त्यसैले, ७ सेप्टेम्बर राति हाम्रो बैठकको मूल विषय थियो– ८ सेप्टेम्बरका दिन देशभर हुने जेन–जी आन्दोलन । सामाजिक सञ्जालले उग्र रूप लिँदै थियो । देशभरिका युवाहरूले ८ सेप्टेम्बरलाई तानाशाहको अन्त्य गर्ने दिनका रूपमा लिइरहेका थिए । जेन–जी तथा युवाहरूले तानाशाह भनेका व्यक्ति थिए, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ।

    यो आन्दोलन हुनुका दुईवटा कारण थिए । पहिलो, टिकटकबाहेक सबै सामाजिक सञ्जाललाई नेपाल सरकारले प्रतिबन्ध गरेको थियो । जबकि, नयाँ पुस्ता सामाजिक सञ्जालका प्लाटफर्महरू प्रतिबन्ध हुनु हुँदैन भन्ने पक्षमा थिए । प्रविधिसँगै हुर्किएको पुस्ता जेन–जी र नागरिकहरूको अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले हस्तक्षेप गरेको भन्ने बुझाइ थियो ।

    दोस्रो, व्याप्त भ्रष्टाचार र संसारभर चलेको नेपो बेबी ट्रेन्ड थियो । नेताहरूको मन्त्री तथा अन्य कुनै सार्वजनिक पद धारण गर्नेबित्तिकै जीवन पूरै कसरी बदलिन्छ ? अनि उनीहरूका छोराछोरी सोही लाभबाट कसरी बिलासी जीवन बाँचिरहेका छन् ? यो प्रश्न प्रधान थियो ।

    को हुन् जेन–जी ?

    सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएका पुस्ता जेन–जी हुन् । अर्थात् यो शब्दले एउटा पुस्ता वा उमेर समूहलाई बुझिन्छ । र, पनि जेन–जीका सन्दर्भमा मानिसहरूले फरक फरक मत राख्दै आइरहेका छन् । पहिले जुन परिभाषा युवा भनेर राखिन्थ्यो, अहिले त्यही परिभाषाको पर्याय बन्न पुगेको छ, जेन–जी । हुन त जेन–जी अहिले उमेरको हिसाबले १३ वर्षभन्दा माथि र २८ वर्षभन्दा कम उमेर समूह हो । युवाको उमेर समूहभित्र कतिपय देशमा यही उमेर पनि छ । तर नेपालको सन्दर्भमा युवा भन्नाले १८ वर्षदेखि ३५ वर्ष उमेर समूहलाई बुझिन्छ ।

    नेपालमा जेन–जी विद्रोहपछि धेरै पक्षमा परिवर्तन भएका छन् । सर्वप्रथम त जेन–जी विद्रोहपछि के भयो भन्ने सवाल हो । मूलतः विद्रोहपछि अन्तरिम सरकार बन्यो । जेन–जीले डिस्कर्डमार्फत मतदान तथा वार्ता गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाए । यो सरकारको अहिलेको मुख्य उद्देश्य निर्वाचन समयमै गर्नु हो ।

    सेप्टेम्बर ८ का दिन हामीले के गरेका थियौं ?

    सुरुमै मैले चार जनाको समूह लेखेको छु । उक्त समूहमा एक जना म पनि थिएँ । हामीले ८ सेप्टेम्बरका लागि एउटा सार्वजनिक आह्वान गर्‍यौं । भोलिपल्ट हुने विद्रोहमा यदि तपाईं सरिक हुन चाहनुहुन्छ भने निम्न समय र स्थानमा उपस्थित हुनुहोला । हामीले ‘जुरुक्क जेन–जी, जिउँदो कर्णाली’ नामको अभियान गर्ने भन्ने उद्देश्यले सोही नामको लेटरप्याड बनाएर आह्वान पत्र तयार गरेका थियौं । आह्वान पत्र तयार गरेर पोस्ट गरेको केही मिनेटमा नै सामाजिक सञ्जालमा जताततै अरूले पनि पोस्ट र सेयर गर्नुभयो ।

    आह्वान पत्र सार्वजनिक गरिसकेपछि हामीले ८ सेप्टेम्बरका दिन के गर्ने भनेर योजनाको मार्गचित्र तयार गर्‍यौं । योजनामा अपराह्न १२ बजे मंगलगढी चोकमा उपस्थित हुने भन्यौं । मंगलगढी चोकबाट ‘माण्ठ हुँ म, माण्ठ’ गीत बजाएर बजार परिक्रमा गर्दै घण्टाघरको पार्कमा कोणसभामा परिणत हुने, अनि घण्टाघरको पार्कमा देशभक्ति गीत र कविता वाचन गर्ने कार्यक्रम तय भएको थियो । जसको कार्यक्रम सञ्चालक म थिएँ ।

    तर ८ सेप्टेम्बरमा जब कार्यक्रम सुरु भयो । हामीले अपेक्षा गरेभन्दा ठूलो भीड जम्मा भयो । हामीले तय गरेअनुसार गीत नभई, नारा लगाउँदै बजार परिक्रमा गरेर घण्टाघर पार्कमा पुग्यौं । पार्कमा पुगिसकेपछि एक समूहले यो प्रकृतिको कार्यक्रम नगर्ने भन्यो र उक्त समूह निस्कियो । हामीले भने केही समयको प्रतीक्षा गर्‍यौं । र हामीले तय गरेअनुसार नै कार्यक्रम सम्पन्न गर्‍यौं। हामीले कार्यक्रम सम्पन्न मात्र गरेनौं । हाम्रो विद्रोह अनिश्चितकालसम्मका लागि स्थगित भएको छ पनि भन्यौं ।

    ९ सेप्टम्बरमा देशले ठूलो घाटा सहनुपर्‍यो । मैले अघिल्लो दिन आन्दोलन अनिश्चितकालसम्मका लागि स्थगित भयो भनेकाले भोलिपल्टका कुनै पनि क्रियाकलापमा उपस्थित भइनँ । कुनै पनि हिंसात्मक र उग्र प्रकृतिका क्रियाकलापमा सरिक हुनु वा त्यस्ता क्रियाकलाप गर्नलाई प्रेरित गर्नु असल नागरिकको काम, कर्तव्यविपरीत पर्दछन्, मलाई यो देशको असल र सचेत नागरिक बन्नु छ ।

    जेन–जी विद्रोह हामीले कर्णालीमा जसरी सञ्चालन र समापन गर्‍यौं, ती क्रियाकलाप र सैद्धान्तिक धरातल रक्षा बम समूहसँग मिल्न गयो । त्यसैले म अहिले नेपाल जेन–जी फ्रन्टमा आबद्ध छु । उन्नत लोकन्तन्त्रका लागि वकालत गर्दछु । जवाफदेहिता, पारदर्शिता, सामाजिक न्याय र सुशासनका लागि प्रश्न गर्छु । नागरिकभन्दा माथि कोही छैनन् र प्रश्नको कठघराबाट कोही उम्कनु हुँदैन भन्ने ठान्छु ।

    उक्त आन्दोलनमा ४५ जना सहिद भएका छन् । जम्मा ७६ जनाको मृत्यु भएको छ । र, झन्डै २५०० जना घाइते भएका छन् । यो दुःखद् घटना हो । यद्यपि जेन–जी विद्रोहलाई सरकारले २०८२ को जनआन्दोलन मान्ने र २३ भदौलाई जेन–जी सहिद दिवस मनाउने निर्णय गरेको छ ।

    यो विद्रोहका बाछिटाहरू अझै छन् । विद्रोहले निकास पाइसकेको छैन । देश अझै संक्रमणकालीन अवस्थाबाट अगाडि बढिरहेको छ । यसको निकासका लागि काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच सहमति भइसकेको छ ।

    सहमतिको पहिलो बुँदामा जेन–जीका मागलाई संस्थागत गर्ने भनिएको छ । कतिपय जेन–जीहरू २१ फागुनमा हुने निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार पनि हुनुहुन्छ । कैयौं जेन–जी योद्धाहरू जेन–जी सहिद, घाइते र योद्धाका सपना साकार पार्ने उद्देश्यले सडकमै छन् । बोलिरहेका छन् । लेखिरहेका छन् । प्रश्न गरिरहेका छन् ।

    Post Views: 174

    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    Aakash Sunar
    • Website

    Keep Reading

    भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा

    नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की

    नगरपालिकाका सचेत युवाद्धारा सरसफाई अभियान

    एडिन लसद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

    प्याप्सन जुम्लाद्धारा ग्रासरुट फुटबल प्रतियोगिता आयोजना

    जुम्लाबाट नेपालगन्ज जाँदै गरेको एम्बुलेन्स दुर्घटना, चालकसहित २ को मृत्यु, २ घाइते

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा

    April 15, 20260 Views
    0 Views

    नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की

    April 13, 20260 Views
    0 Views

    नगरपालिकाका सचेत युवाद्धारा सरसफाई अभियान

    April 11, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.