फागुन ७ जुम्ला
जुम्लामा भ्यान दुर्घटना हुँदा तीन जना निर्वाचन प्रहरी सहित सात जना घाईते भएका छन् । विहिबार जुम्ला बजारदेखि नाग्म तर्फ जादै गरेको भे १ ज ८१८ नम्बरको ईलेक्ट्रोनिक भ्यान तातोपानी गाउँपालिका वडा नम्बर ६ धौलापानीमा दुर्घटना हुँदा सवार सात जना घाईते भएका हुन् । गम्भिर घाइते हुनेमा तिला गाउँपालिका वडा नम्ब १ बस्ने बर्ष ३५ कि मेनुका बुढा निर्वाचन प्रहरी हिमा गाउँपालिका वडा नम्बर २ बस्ने बर्ष २१ का धर्मेन्द्र रोकाया गम्भिर घाईते हुनु भएको छ ।
बुढाको निधार र ढाडमा तथा रोकायाको मुखमा चोट लागेको प्रहरीले जनाएको छ । यस्तै घाइते हुनेमा चालक जुम्ला तातोपानि गाउँपालिका वडा नम्बर २ बाबिरा बस्ने बर्ष १९ को लोकेश खड्का, पातारासी गाउँपालिका वडा नम्बर ४ लुम बस्ने बर्ष ३१ कि माया नेपाली, तातोपानि गाउँपालिका वडा नम्बर ३ लिताकोट बस्ने बर्ष ४८ कि पुनि सुनार घाईते हुनु भएको छ । यसैगरी, निर्वाचन प्रहरीमा तिला गाउँपालिका वडा नम्बर २ बस्ने बर्ष २० का टेकेन्द्र रावत र तिला २ कै बर्ष २० पारस रावत घाईते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख रबिन बाबु रेग्मीले बताउनु भयो ।
भ्यान अनियन्त्रित भई सडक छेउमा रोकि राखेको कर्णाली प्रदेश ०२–००१ त ०१९० नम्बरको ट्रयाक्टरमा ठोक्किन गई सडकबाट करिब ४० मिटर तल बारीमा खस्न गई दुर्घटना भएको हो । भ्यानमा सवार सात जना मध्ये तीन जना निर्वाचन प्रहरी र चालक सहित अन्य तीन जना स्थानीय घाईते भएकाले उनिहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भई रहेको बाबु रेग्मीले बताउनु भयो । उहाँका अनुसार घाईते सात जना मध्य २ जनाको अबस्था गम्भीर रहेको जानकारी गराउनु भयो ।
