जुम्ला जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान फेरि एकपटक विवादमा तानिएको छ हालै सार्वजनिक भएको नक्कली हस्ताक्षर प्रकरणले यहाँको शैक्षिक वातावरण मात्र होइन, संस्थाको विश्वसनीयता नै संकटमा परेको कर्मचारीहरूको गुनासो छ।

घटना कसरी बाहिर आयो २०८२ भदौ ५ गते प्रतिष्ठानका केही शिक्षक–कर्मचारीहरूको नाममा सामूहिक हस्ताक्षर रहेको देखाइ पत्राचार गरिएको थियो। तर पछि ती हस्ताक्षर असली नभई नक्कली रहेको प्रमाण खुलेपछि विवाद चुलिएको हो। कर्मचारीहरूले आफूहरूलाई जानकारी नै नदिई आफ्नै नाममा कागज पठाइएको भन्दै कडा आपत्ति जनाएका छन्।

भदौ ८ गते कर्मचारी कल्याणकारी समाजले विज्ञप्ति जारी गर्दै यसलाई “संस्थाको प्रतिष्ठामाथि गरिएको योजनाबद्ध प्रहार” भनेको छ। विज्ञप्तिमा भनिएको छ– “मुलुकी फौजदारी अपराध संहिता अनुसार नक्कली हस्ताक्षर प्रकरण जघन्य अपराध हो। यसमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउनै पर्छ।”

सहप्राध्यापक निशान्ता लामा, शैक्षिक प्रशासन प्रमुख इन्द्रराज डाँगी लगायतका कर्मचारीहरूले पत्रमा प्रयोग गरिएका हस्ताक्षर आफूहरूको नभएको खुलेर बताए।पूर्व रजिस्ट्रारलाई लक्षित? विज्ञप्तिले यो गतिविधि तत्कालीन रजिस्ट्रार नृपेन्द्र महतविरुद्धको राजनीतिक पूर्वाग्रहका कारण भएको आशंका जनाएको छ। “पूर्व पदाधिकारी फर्किए पनि आपत्ति छैन तर नक्कली कागज बनाएर संस्थाभित्र अशान्ति ल्याउने काम सह्य हुँदैन,” विज्ञप्तिमा उल्लेख छ।

नक्कली हस्ताक्षर गरिएका भनिएका कर्मचारीहरू भने बिदामा रहेको तथ्य खुलेपछि घटनाले थप प्रश्न खडा गरेको छ।महतकालीन उपलब्धि नृपेन्द्र महत रजिस्ट्रार हुँदा प्रतिष्ठानमा एमबीबीएस लगायतका नयाँ कार्यक्रम सञ्चालन, दिक्षान्त समारोह, मृगौला डायलासिस सेवा, डिजिटल प्रशासन प्रणाली, भौतिक पूर्वाधार विस्तार जस्ता कामले संस्थाको स्तर उचालिएको भन्दै उनका समर्थकहरू उनको पुनः नियुक्ति संस्थाको हितमै हुने तर्क गर्छन्।

आगामी कदम कर्मचारी समाजले संस्थागत स्वच्छता र गरिमाको रक्षा सबैभन्दा प्राथमिकताको विषय भएको बताउँदै, आगामी दिनमा यस्ता गतिविधि दोहोरिए कानुनी उपचार खोज्ने चेतावनीदिएको छ।

Share.

Leave A Reply

Exit mobile version