वैशाख १९ जुम्ला
खलङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि निर्वाचन भइरहेको छ । समितिको अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव तथा दलित सदस्य गरी पाँच पदका लागि मतदान भइरहेको हो । समितिको नेतृत्व चयनलाई मतदाताहरूले उत्साहका साथ मतदान गरि रहेका छन् । अध्यक्ष पदका लागि तीन जना उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ । अध्यक्षका प्रत्याशी अशोक कुमार श्रेष्ठ, महेन्द्रबहादुर थापा र मिनबहादुर थापा बिच प्रतिस्पर्धा भइ रहेको छ ।

आ–आफ्ना एजेन्डासहित मतदाताको समर्थन जुटाउन उम्मेदवार सक्रिय देखिएका छन् । यस्तै, उपाध्यक्ष पदका लागि कालीबहादुर थापा र कालीबहादुर महतका बिच प्रतिस्पर्धा भइरहेको छ । महासचिव पदमा टिका नगरकोटी, दत्तबहादुर शाही र राजबहादुर झक्री बिच त्रिपक्षीय प्रतिस्पर्धा भएको छ । सचिव पदमा अंगराज चौलागाँई, जगतबहादुर रोकाया र देवीबहादुर रोकाया उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

त्यसैगरी, दलित सदस्य पदका लागि कालो सुनार कामी र गौकली सार्कीबिच प्रतिस्पर्धा भइरहेको छ । निर्वाचनमा कुल १ हजार ८ सय ६४ मतदाता रहेका छन् । तीमध्ये दिउँसो ४ बजेसम्म करिब ८ सय मत खसेको निर्वाचन समितिले जनाएको छ । मतदाताहरू शान्तिपूर्ण रूपमा मतदानमा सहभागी भएका छनभने मतदान केन्द्रमा आवश्यक सुरक्षा तथा व्यवस्थापन मिलाइएको छ ।

यसैबीच, कोषाध्यक्ष पदमा रवि देवकोटा निर्विरोध निर्वाचित हुनु भएको छ । त्यस्तै, खुला सदस्यतर्फ ६ जना उम्मेदवार निर्विरोध चयन भएका छनभने महिला सदस्यतर्फ २ जना उम्मेदवार पनि निर्विरोध भएका निर्वाचन अधिकृत मीनबहादुर महतले जानकारी दिनुभयो । निर्वाचन प्रक्रिया साँझसम्म सम्पन्न हुने अपेक्षा गरिएको छ । मतगणना कार्य मतदान सकिए लगत्तै सुरु हुने र अन्तिम परिणाम आजै सार्वजनिक गरिने तयारी गरिएको निर्वाचन समितिले जनाएको छ ।

Share.

Leave A Reply

Exit mobile version