जुम्ला । नेपाल जनता पार्टी जुम्लाका उम्मेदवार रनिल विक्रम शाहीले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा जुम्लाकै कान्छा उम्मेदवारका रुपमा रहेका शाहीले शनिवार घोषणा पत्र सार्वनजिक गरेका हुन् ।
“रनिल जिताउ, राष्ट्र जोगाउ “भन्ने नारा सहित नेजपा जुम्लाका उम्मेदवार शाहीले ३७ बुदे घोषणापत्र सार्वजनिक गरेका छन् । उम्मेदवार शाहीले अहिले हाम्रो देश अत्यन्तै संकट को घडीमा रहेको हुदा आफ्नो सुख सुबिधा त्यागेर यो देश को रक्षा को निम्ति म आफ्नो जन्म भुमी मा नेपाल जनता पार्टी देखि प्रतिनिधि सभा प्रत्यक्ष तर्फ जेनजीको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएको बताए ।
´हाम्रो देशमा अहिले बिदेशी ले आफ्नो गिद्ध नजर लगाएको हुदा म उनी हरु को तगारो भइ राष्ट्र को रक्षा को निम्ति उभिएको छु`उनले भने । जुम्लाको कृषि पर्यटन, पूर्वाधार विकास, भाषा साहित्य संरक्षण, धर्म संस्कृतिकको रक्षा लगायतका एजेण्डालाई घोषणा पत्रमा प्रथामिकता दिएका छन् ।
यस्त छन घोषणा पत्रका एजेण्डाहरु…
(१) नेपाल को अस्तित्व जोगाउन
(२) लोकतन्त्र को रक्षा गर्ने
(३) संविधान को अस्तित्व कायम गर्ने
(४) बौद्धिक सनातन (हिन्दु) राष्ट्र कायम गर्न
( ५) जनयुद्ध मा सहिद सेना र माओवादी पक्ष का सहिद हरु को बलिदान लाई अमर बनाउन साथै उनी हरु का परिवार को भबिस्य सुनिश्चित गर्न साथै स्थापित गर्न ।
(६) Zen-Z हरु को बलिदान लाई अमर बनाउन साथै उनी हरु को परिवार लाई स्थापित गर्न अनि घाइते Zen-Z हरु को भबिस्य सुनिश्चित गर्न
(७) हाम्रो सास्कृतिक परम्परा, धर्म, सस्कार रितिरिवाज आदि लाई जोगाउन साथै अमर बनाउन
(८) जिल्ला का १ नगर र ७ गाउँपालिका मा गुणस्तर स्वास्थ सेवा उपलब्ध गराउन साथै अस्पताल निर्माण गर्न
(९) जिल्ला का सबै पालिका मा गुणस्तर र नि-शुल्क शिक्षा को बन्दोबस्त गर्न
(१०) पोषण भत्ता, छात्राबिदी (बिद्यार्थी भत्ता), बेरोजगार भत्ता साथै बिर्दा भत्ता को उचित मुल्यांकन गरि बिदी गर्न निति को व्यवस्थापन गर्न
(११) बजार मुल्य सुलभ र सहज गर्न
(१२) “छोरि पढाउ अभियान “आरम्भ गरि छोरी हरु लाई उच्च शिक्षा नि-शुल्क गर्न
(१३)” एक घर एक रोजगार “कार्यक्रम संचालन गरि बोरोजगार को अन्त्य गर्न
(१४) बिदेश गएका सम्पूर्ण नेपाली हरु लाई” नेपाल आउ जागिर खाउ “अभियान आरम्भ गरि देश मा स्वागत गर्न
(१५) जातीय बिवेद अन्त्य गर्न
(१६) कृषि क्रान्ति आरम्भ गरि नेपाल सरकार देखि किसान हरु लाई कृषि कार्य को निम्ति कम्ती मा २० लाख धेरै मा ५० लाख को अनुदान दिने प्रक्रिया को व्यवस्थापन गर्न
(१७) महिला दमन कारी नीति को अन्त्य गर्न
(१८) जुम्ला का सबै पालिका का गाउँ हरु मा आगन अघि सडक पुराउन साथै सुरक्षित साथै गुणस्तरीय सडक बिस्तार गर्न
(१९) जिल्ला का सबै पालिका का गाउँ घर मा २४ घन्टा बिजुली बत्ती को प्रबर्धन गर्न
(२०) एक घर एक धारा कार्यक्रम लागू गरि सफा र स्वास्थ खाने पानी को व्यवस्थापन गर्न
(२१) बौद्ध धर्मावलम्बी हरु लाई राजनीति मा समान अवसर प्रदान गर्न
(२२) इमानदार अनि जनता का काम सहज र सुलभ गरि सेवा प्रदान गर्न नेपाल सरकार को कर्मचारी लाई पुरस्कृत गर्न साथै जनता लाई कष्ट दिने कर्मचारी लाई बर्खास्त दिने नीति निर्माण गर्न ।
(२३) जुम्ला का आधा अधुरो रहेका योजना हरु सम्पन्न गर्न
(२४) जिल्ला का व्यापारी हरु को कार्य र योगदान लाई मुल्यांकन गरि उचित पुरस्कार प्रदान गर्न
(२५) जिल्ला मा उत्पादन हुने बालि साथै कृषि बस्तु लाई बजारीकरण गरि किसान लाई उचित मुल्य उपलब्ध गराउने
(२६) देश लाई शक्तिशाली राष्ट्र बनाउन बैज्ञानिक अनुसन्धान तथा खोज केन्द्र को स्थापना गर्न
(२७) सिजा सभ्यता बिधान पारित गर्न
(२८) खस भाषा को प्रबर्धन र बिकास गर्ने
(२९) “आमा नै देवि आमा नै माता सीता हुन भने कार्यक्रम लागू गरि बच्चा जन्माउने हरेक आमा लाई १ महिना सम्म सरकार ले खाने, बस्ने, लुगा आदि सबै को बन्दोबस्त गर्न नीति को व्यवस्थापन गर्न
(३०) जिल्ला मा उच्च शिक्षण सस्था साथै बिश्व बिधालय को स्थापना गर्न
(३१) जिल्ला मा खेलकुद बिकास गर्न हरेक प्रयास गर्ने
(३२) जिल्ला मा रहेका जात्रा समिती को प्रबर्धन, बिकास र सहकार्य गर्न
(३३) भस्टचार को अन्त्य गर्न
(३४) आयुर्वेदिक शिक्षा को बिकास गर्न
(३५) धार्मिक स्थल र पर्यटकिय स्थल को बिकास र प्रबर्दधन गर्न
(३६) जिल्ला मा रहेका सम्पूर्ण कुल देवता को मन्दिर को बिकास र प्रबर्धन गर्न
(३७) जडिबुटी कोर्न जाने नागरिक लाई बाटो खर्च र उनी हरु को सुरक्षा नेपाल सरकारले व्यवस्थापन गर्न नीति को निर्माण गर्न आदि

