जुम्ला । राष्ट्रिय समाचार समिति (रासस) ले स्थापनाको ६५ औँ वार्षिकोत्वसका अवसरमा जुम्लाबाट राससकर्मी विजय रावतलाई उत्कृष्ट जिल्ला समाचारदाता तर्फ जनही रु २० हजार राशिको पुरस्कार प्रदान गरेको छ ।
२०७५ सालबाट जिल्लामा बसेर सक्रिय राससमा कार्यरत रावतलाई राससको वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले रावतलाई उत्कृष्ट जिल्ला समाचारदाताको पुरस्कार प्रदान गरेका हुन् ।
जुम्लाको सबैभन्दा पहिलो स्थानीय पत्रिका कर्णाली सरोकार दैनिकबाट पत्रकारिता सुरु गरेका रावत नेपाली राष्ट्रिय दैनिक हिमालय टाइम्स र रासस जुम्ला समाचादातामा कार्यरत छन् । रासस यस अघिको ६० औं वार्षिकोत्वसमा २०७७ सालको सर्वोत्कृष्ट आलेखको समेत रावत पुरस्कृत भएका थियो ।
रावत हाल नेपाल पत्रकार महासंघ जुम्लाका सल्लाकार र प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य समेत हुन् । रावत लगायत उत्कृष्ट जिल्ला समाचारदातातर्फ जनही रु २० हजार राशिको पुरस्कार कृष्णराम परियार (हेटौँडा),र रञ्जिता अधिकारी (दाङ) लगायत रासस विभिन्न शाखामा कार्यरत उत्कृष्ट कर्मचारी, पत्रकार र स्थानीय समाचारदातासहित ११ जनालाई राससले आफ्नो वार्षिकोत्वसको अवसरमा पुरस्कार र सम्मान प्रदान गरेको हो ।
उत्कृष्ट सम्पादनतर्फ जनही रु १० हजार राशिको पुरस्कार तस्बिर सम्पादन शाखाका प्रमुख युद्धकुमारी खड्का र नेपाली समाचार सम्पादन शाखाका वरिष्ठ सम्पादन सहयोगी गीता पराजुलीलाई पुरस्कार प्रदान गर्नुभयो
यस्तै जनही रु १० हजार राशिको उत्कृष्ट समाचार सङ्कलनतर्फ रासस गण्डकी प्रदेश कार्यालयका समाचारदाता रामबहादुर थापा र केन्द्रीय कार्यालयका समाचारदाता सुशील दर्नाललाई प्रदान गरिएको छ ।
उत्कृष्ट आलेखतर्फको रु २० हजार राशिको पुरस्कार रासस वीरगञ्ज कार्यालयका प्रमुख हिमाल लम्साललाई र रु २० हजार राशिको उत्कृष्ट फोटो तथा श्रव्यदृश्यबाट सुशीलबाबु थकाली (मुस्ताङ)लाई पुरस्कृत गरिएको छ ।
त्यसैगरी, राससले उत्कृष्ट कर्मचारीतर्फ लेखाशाखा प्रमुख रुद्रमणि अधिकारी र चालक यादवप्रसाद गोतामेलाई जनही रु १० हजारसहित पुरस्कृत गरेको छ ।
सोही सन्दर्भमा नेपाल पत्रकार महासङ्घ, रासस प्रतिष्ठान शाखाले प्रदान गर्ने यस वर्षको ‘रासस पत्रकारिता पुरस्कार’ अङ्ग्रेजी समाचार सहसम्पादक पवित्रा गुरागाईं र वरिष्ठ समाचार सम्पादन सहायक रेश्मा शाक्यलाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु १० हजार रुपैयाँ रहेको छ ।
महासङ्घ रासस शाखाले प्रदान गर्ने रु पाँच हजार राशिको ‘उमाकान्त गीतादेवी चन्द्रमणि रजौरे स्मृति पुरस्कार’ स्थानीय समाचारदाता टेकराज पोखरेल (नवलपुर) लाई प्रदान गरिएको छ । पत्रकार महासङ्घ रासस शाखाले पूर्वमहाप्रबन्धक श्रीरामसिंह बस्नेतलाई सम्मान गरेको छ ।
वार्षिकोत्वसका अवसरमा उत्कृष्ट तीन सेवाग्राहीलाई सम्मान गरेको छ । सेवाग्राहीमध्येबाट बाह्रखरी मिडिया प्रालि, काठमाडौँ, मेचीकाली दैनिक, बुटबल र इम्प्रेसन पब्लिकेसन प्रालि (हिमालय टाइम्स राष्ट्रिय दैनिक)लाई सम्मान गरेको हो ।
राष्ट्रिय समाचार समिति (रासस) कर्मचारी युनियनले सेवाग्राही शाखामा कार्यरत सहायक प्रशासक मुना भण्डारी र सवारी चालक कुमार दङ्गाललाई पुरस्कृत गरेको छ ।
रासस कर्मचारी सङ्घले प्रदान गर्ने जनही १० हजार राशिको ‘वासु रिमाल यात्री स्मृति पुरस्कार’ रासस सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख सिद्धराज भट्ट र रासस कोशी पदेश कार्यालय, विराटनगरका कार्यालय सहयोगी गौरी कारञ्जितलाई प्रदान गरिएको छ ।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन राससले जनही रु सात हजार ५०० राशिको ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ अन्तरराष्ट्रिय समाचार शाखाका उपसम्पादक दिलीप शर्मा र फोटो पत्रकार प्रदीपराज वन्तलाई प्रदान गरिएको छ ।

