साउन २१ जुम्ला
हाल देशभर विभिन्न राजनीतिक दल परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गर्नेको लर्को बढ्दै गएको छ । स्थानीय तहदेखि केन्द्रीय तहसम्म विभिन्न दलका नेता, कार्यकर्ता तथा समर्थकहरूले एमाले रोज्न थालेका छन् । आन्तरिक कलह, गुटबन्दी र नेताहरूबीचको असहमतिको कारण अन्य दलहरूमा असन्तुष्टि देखिएको छ ।

एमालेले पुनः संगठन सुदृढ गर्दै जनसरोकारका मुद्दालाई उठाउने गरेको छ । जसले नयाँ तथा पुराना कार्यकर्तालाई आकर्षित गरिरहेको छ । विशेष रूपमा स्थानीय तहमा हुने चुनाव, नियुक्ति र विकास योजनामा सहभागी हुन इच्छुक नेताहरू एमालेमा लाग्ने क्रम बढ्दो छ । यसैक्रममा नेकपा एमालेमा ४० जनाले प्रवेश गरेका छन् ।

मंगलबार विभिन्न पार्टी परित्याग गर्दै नेकपा एमालेमा ४० जनाले प्रवेश गरेको नेकपा एमाले जिल्ला कमिटि जुम्लाका जिल्ला कमिटि सदस्य सुमन आचार्यले बताउनु भयो । केन्द्रीय कार्यालयमा नवप्रवेशीहरुलाई स्वागत गरिएको उहाँको भनाइ छ । नेकपा माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गर्नेहरुमा सबैभन्दा बढी रहेको उहाँको भनाइ छ ।

नेकपा माओवादी केन्द्रका धन प्रसाद न्यौपाने, गुठिचौर गाउँपालिका सहिद परिवार रामजि प्रसाद न्यौपाने, करसिंह बुढा, सविता न्यौपाने बुढा, लक्ष्मी जैशी, जेनिसा जैशी, रञ्जना परियार लगायतका दर्जन बढीले नेकपा एमालेमा प्रवेश गरेका छन् । यस्तै नयाँशक्ति पार्टीका पूर्व सचिव जयऋषि उपाध्याय, सुनिल हमाल, नेकपा एसका विभिन्न पदमा रहेकाहरुले एमालेमा प्रवेश गरेको आचार्यले बताउने भयो ।

Share.

Leave A Reply

Exit mobile version