कर्णालीको डोल्पा र हुम्ला जिल्लामा हेलिकोप्टेर मार्फत निर्वाचन सामग्री पठाउन थालिएको छ । डोल्पाको ६८ वटा मतदान केन्द्र मध्ये २३ वटा मतदान केन्द्रमा हेलिकोप्टर मार्फत निर्वाचन सामग्री पठाउन थालिएको हो । यस्तै हुम्ला जिल्लाको एउटा अस्थाइसहित ६५ वटा मतदान केन्द्र मध्ये ८ वटा मतदान केन्द्रमा हेलिकोप्टेर मार्फत निर्वाचन सामग्री पठाउने तयारी भइरहेको प्रदेश निर्वाचन अधिकारी लाल बहादुर गुरुङले जानकारी दिए ।

उनले भने आइतबार दिनभर डोल्पामा र सोमबार अथार्त १८ गते बेलुका सम्म हुम्लाका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पठाउने योजना अनुसारको काम भइरहेको छ । हुम्लाको नाम्खा गाउँपािलका, ताजाकोट गाउँपालिका र चङ्खेली गाउँपालिकाको हिडेर जान सम्भव नभएका मतदान केन्द्रमा हेलिकोप्टेर मार्फत निर्वाचन सामग्री पठाइने भएको छ ।
हेलि मार्फत निर्वाचन सामग्री, कर्मचारीलाई आवश्यक पर्ने रासन र त्यहाँ खटाईका कर्मचारी सहित सुरक्षा कर्मीहरु पठाउन शुरु भएको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ । जसमा माथिल्लो डोल्पाको छार्काताङसुङ, डोल्पो बुद्ध र से फोक्सोन्डो गाउँपालिकामा रहेको २३ वटा मतदान केन्द्रमा शनिबारबाट हेलिकोप्टेर मार्फत सामग्री पठाउन शुरु भएको डोल्पा जिल्लाका जिल्ला निर्वाचन अधिकारी दिलकृष्ण क्षेत्रष्ठले जानकारी दिए ।

उनका अनुसार निर्वाचन आयोग र नेपाली सेनाको सम्झौता अनुसार दुईवटा हेलिकोप्टेर मार्फत माथिल्लो डोल्पामा निर्वाचन सामग्री पठाउन शुरु भएको छ । सबै मतदान केन्द्रमा आवश्यक सािमग्री र कर्मचारी पठाउएको भएपनि माथिल्लो डोल्पामा हावा चलेपछि हेकिोप्टेर समेत पठाउन गाहे हुने भएकाले विहानको समयमा हेलि उडाउने कार्य भइरहेको उनले बताए ।
नेपाली सेनाको दुईवटा हेलिकोप्टेर मार्फत सामग्री शनिबारबाट पठाउन थालिएको हुनाले आज दिन भर डोल्पाको सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पठाउने तयारी अनुसार अहिले सम्म १० पटक सामग्री पठाइ सकेको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएकाने छ । डोल्पामा २४ हजार १ सय १५ जना मतदाता रहेका छन् । २०७९ सालको निर्वाचनमा कर्मचारीलाई लेक लाग्ने समस्या हुनुका साथै ।ासनको अभाव झेल्नु परेको विषयलाई मध्यनजर गरेर सबै सामग्री पठाइएको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ ।

१२ वटा निर्वाचन क्षेत्र रहेको कर्णालीको १० वटा जिल्लामा ९ सय ४१ मतदान स्थल र १ हजार ४ सय ३७ वटा मतदान केन्द्र तोकिएको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।

