Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    जुम्लामा जटिल प्रकृतिको शल्यक्रिया सफल

    May 4, 20260 Views
    0 Views

    पानीका स्रोतहरूको संरक्षण र पुनर्भरणका विषयमा छलफल

    May 3, 20260 Views
    0 Views

    खलङ्गा खानेपानी समितिको पाँच पदका लागि निर्वाचन हुँदै

    May 2, 20260 Views
    What's Hot
    0 Views

    जुम्लामा जटिल प्रकृतिको शल्यक्रिया सफल

    May 4, 20260 Views
    0 Views

    पानीका स्रोतहरूको संरक्षण र पुनर्भरणका विषयमा छलफल

    May 3, 20260 Views
    0 Views

    खलङ्गा खानेपानी समितिको पाँच पदका लागि निर्वाचन हुँदै

    May 2, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • जुम्लामा जटिल प्रकृतिको शल्यक्रिया सफल
    • पानीका स्रोतहरूको संरक्षण र पुनर्भरणका विषयमा छलफल
    • खलङ्गा खानेपानी समितिको पाँच पदका लागि निर्वाचन हुँदै
    • पालिका स्तरीय राष्ट्रपति रनिङशिल्डमा सरस्वती मावि तल्फी प्रथम
    • बजेटमा बालबालिकाका मुद्दा सम्बोधन गर्न माग
    • यमराज कार्कीको ‘जाग्राम जुम्ला’ सार्वजनिक
    • आयुर्वेद स्वास्थ्य केन्द्रमा स्वर्ण विन्दु प्राशन कार्यक्रम
    • जुम्लाका तीन होटल खाद्य स्वच्छतामा सन्तोषजनक
    Facebook X (Twitter) Instagram YouTube LinkedIn WhatsApp TikTok
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home»समाचार

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भारत लगायत देशभरका विद्यार्थी भर्ना

    karnaliajaBy karnaliajaMarch 10, 2026Updated:March 10, 2026 समाचार No Comments2 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा शैक्षिक सत्र २०८२ का लागि भर्ना भएका विभिन्न संकायका नयाँ विद्यार्थीहरुको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।

    मंगलबार आयोजित कार्यक्रममा एमबीबीएस, बीएससी नर्सिङ, बीएनसी, बीपीएच र बीफार्मा लगायतका विषयमा अध्ययनका लागि भर्ना भएका नयाँ विद्यार्थीहरुलाई औपचारिक रूपमा स्वागत गर्दै अध्ययन, अनुशासन, शैक्षिक गतिविधि तथा प्रतिष्ठानको कार्यप्रणालीबारे जानकारी गराइएको

    कार्यक्रमका क्रममा प्रतिष्ठानका पदाधिकारी, संकाय प्रमुख तथा प्राध्यापकहरूले विद्यार्थीहरुलाई स्वास्थ्य शिक्षा अध्ययनका क्रममा आवश्यक पर्ने अनुशासन, व्यावसायिक आचारसंहिता तथा सेवामुखी भावनाबारे मार्गदर्शन दिएका थिए। उनीहरुले चिकित्सा तथा स्वास्थ्य शिक्षाको अध्ययन केवल डिग्री हासिल गर्ने माध्यम मात्र नभई समाजप्रति जिम्मेवारी बहन गर्ने अवसर भएको उल्लेख गरेका थिए।

    अभिमुखीकरण कार्यक्रममा प्रतिष्ठानको शैक्षिक संरचना, प्रयोगशाला, अस्पताल सेवा, अनुसन्धान गतिविधि, छात्रावास व्यवस्था, पुस्तकालय सेवा तथा विभिन्न शैक्षिक अवसरबारे पनि जानकारी दिइएको थियो। साथै विद्यार्थीहरुलाई कर्णाली क्षेत्रको स्वास्थ्य अवस्थाबारे बुझ्दै यहाँका नागरिकलाई सेवा गर्ने भावनाका साथ अध्ययनमा लाग्न प्रेरित गरिएको थियो।

    यस वर्ष कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देशका विभिन्न जिल्लासहित विदेशबाट समेत विद्यार्थी भर्ना भएका छन्। धनुषा, धरान, कैलाली, तनहुँ, प्युठान, नवलपरासी, धादिङ, कालिकोट, कञ्चनपुर, दैलेख, मोरङ, लमजुङ, पोखरा, रुपन्देही, रौतहट, बाँके, बैतडी, सुर्खेत, महोत्तरी, अर्घाखाँची, रुकुम पश्चिम, चितवन, सिरहा, बारा, मुस्ताङ, बझाङ, कपिलवस्तु, दाङ, म्याग्दी लगायतका जिल्लाका साथै भारतबाट समेत विद्यार्थी अध्ययनका लागि भर्ना भएका छन्।

    प्रतिष्ठानले कर्णालीसहित देशभरका विद्यार्थीलाई गुणस्तरीय स्वास्थ्य शिक्षा प्रदान गर्दै दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ। कर्णाली क्षेत्रमै उच्चस्तरीय स्वास्थ्य शिक्षा उपलब्ध भएपछि दुर्गम क्षेत्रका विद्यार्थीलाई पनि ठूलो अवसर प्राप्त भएको प्रतिष्ठानले जनाएको छ।

    Post Views: 156

    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    karnaliaja
    • Website

    Keep Reading

    जुम्लामा जटिल प्रकृतिको शल्यक्रिया सफल

    पानीका स्रोतहरूको संरक्षण र पुनर्भरणका विषयमा छलफल

    खलङ्गा खानेपानी समितिको पाँच पदका लागि निर्वाचन हुँदै

    पालिका स्तरीय राष्ट्रपति रनिङशिल्डमा सरस्वती मावि तल्फी प्रथम

    बजेटमा बालबालिकाका मुद्दा सम्बोधन गर्न माग

    यमराज कार्कीको ‘जाग्राम जुम्ला’ सार्वजनिक

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    जुम्लामा जटिल प्रकृतिको शल्यक्रिया सफल

    May 4, 20260 Views
    0 Views

    पानीका स्रोतहरूको संरक्षण र पुनर्भरणका विषयमा छलफल

    May 3, 20260 Views
    0 Views

    खलङ्गा खानेपानी समितिको पाँच पदका लागि निर्वाचन हुँदै

    May 2, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.