Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    पालिका स्तरीय राष्ट्रपति रनिङशिल्डमा सरस्वती मावि तल्फी प्रथम

    May 1, 20260 Views
    0 Views

    बजेटमा बालबालिकाका मुद्दा सम्बोधन गर्न माग

    May 1, 20260 Views
    0 Views

    यमराज कार्कीको ‘जाग्राम जुम्ला’ सार्वजनिक

    April 26, 20260 Views
    What's Hot
    0 Views

    पालिका स्तरीय राष्ट्रपति रनिङशिल्डमा सरस्वती मावि तल्फी प्रथम

    May 1, 20260 Views
    0 Views

    बजेटमा बालबालिकाका मुद्दा सम्बोधन गर्न माग

    May 1, 20260 Views
    0 Views

    यमराज कार्कीको ‘जाग्राम जुम्ला’ सार्वजनिक

    April 26, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • पालिका स्तरीय राष्ट्रपति रनिङशिल्डमा सरस्वती मावि तल्फी प्रथम
    • बजेटमा बालबालिकाका मुद्दा सम्बोधन गर्न माग
    • यमराज कार्कीको ‘जाग्राम जुम्ला’ सार्वजनिक
    • आयुर्वेद स्वास्थ्य केन्द्रमा स्वर्ण विन्दु प्राशन कार्यक्रम
    • जुम्लाका तीन होटल खाद्य स्वच्छतामा सन्तोषजनक
    • प्रथम खुला स्ववियु भलिबल प्रतियोगिता सुरु
    • भगवती आधारभूत विद्यालय शैक्षिक योजना निर्माणमा जुट्यो
    • जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड
    Facebook X (Twitter) Instagram YouTube LinkedIn WhatsApp TikTok
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home»समाचार

    जुम्लाको भैलो ः लोप हुँदै

    naurate nepaliBy naurate nepaliDecember 21, 2025 समाचार No Comments2 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    पुस ६ जुम्ला
    पुसको औँसीको समयमा जुम्लाका गाउँ बस्तीमा एक समय भैलो खेल्ने समूह उपस्थित हुन्थे । ढोका–ढोकामा पुगेर भैलो माग्ने समूहहरू, रातभर जाग्राम बसेर रमाइलो गर्ने युवायुवती र पाटीभातको बहानामा सामूहिक वनभोज यी सबै दृश्य जुम्लाको मौलिक संस्कृति भित्रका अमूल्य सम्पदा थिए । तर समयसँगै यी दृश्यहरू स्मृतिमा मात्रै सीमित बन्दै गएका छन् ।

    जुम्लामा पुस औँसीदेखि पाँच दिनसम्म खेलिने भैलोलाई स्थानीय भाषामा ‘ए औँसीबार’ पनि भन्ने गरिन्छ । भैलो केवल मनोरञ्जनको साधन मात्रै थिएन, यो सामाजिक सम्बन्ध बलियो बनाउने, परिवार र समुदायलाई एकतामा बाँध्ने माध्यम पनि थियो । तर पछिल्लो समय यो परम्परा क्रमशः लोप हुँदै गएको छ ।

    जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यका अनुसार भैलो हराउँदै जानुको मुख्य कारण भैलो खेल्ने उमेर समूहका युवायुवतीहरू जिल्ला बाहिरिनु हो । “पहिले गाउँका युवायुवती भैलोमा सक्रिय हुन्थे, अहिले उनीहरू रोजगारी, अध्ययन र अवसरको खोजीमा बाहिर गएका छन् आचार्य भन्छन्, त्यसैले भैलो अहिले सीमित महिलाहरूले मात्रै खेल्ने अवस्थामा पुगेको छ । भैलो खेलेर संकलन गरिएको चामलबाट ‘पाटीभात’ अर्थात् वनभोज खाने चलन थियो ।

    वनभोजको दिन रातभर जाग्राम बस्ने, सेलरोटी पकाउने, गीत गाउने र साथीभाइबीच रमाइलो गर्ने परम्परा सामाजिक एकताको प्रतीक मानिन्थ्यो । राति ब्याउने अर्थात् रातभर जाग्राम बस्नु धार्मिक र सांस्कृतिक दृष्टिले पनि महत्वपूर्ण मानिन्थ्यो । भैलो अन्तर्गत आईतबार ‘चेला तिहार’ मनाइन्छ । चेला तिहारका दिन आमाले छोरालाई टीका लगाइदिने र छोराले आमाबाट आशिर्वाद लिने परम्परा रहेको छ । यसले आमा–छोराबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास गरिन्थ्यो ।

    भैलो खेल्ने क्रममा बाटोमा नयाँ व्यक्ति भेटिएमा छोपेर भैलो माग्ने चलन थियो। पहिले भैलो छोपिएका व्यक्तिलाई रातको समयमा बोलाएर खुवाउने, सम्मान गर्ने परम्परा रहे पनि अहिले यो अभ्यास लोप भइसकेको छ । भैलोको समयमा केही सामाजिक नियम र विश्वासहरू पनि जोडिएका थिए । यस अवधिमा कुनै पनि वस्तु सिलाउन नमिल्ने, कोदालोले जमिन नखन्ने चलन थियो ।

    जमिन खने खेतका भिट्टा जान्छन् भन्ने किवदन्ती प्रचलित थियो। साथै, भैलोको समयमा छोरी–विहिनी माइती आउने चलनले पारिवारिक सम्बन्धलाई अझ मजबुत बनाउने काम गथ्र्यो। तर अहिले यो परम्परा पनि बिस्तारै हराउँदै गएको छ । जुम्लाको सांस्कृतिक परम्परा विशिष्ट र मौलिक छ ।

    भैलोजस्ता लोकसंस्कृतिहरू केवल चाडपर्व होइनन्, यी समुदायको इतिहास, जीवनशैली र पहिचानका अभिन्न अङ्ग हुन् । संरक्षण र पुस्तान्तरणको अभावमा यस्ता परम्परा हराउँदै जानु जुम्लाको सांस्कृतिक सम्पदामाथिको ठुलो चुनौती बनेको छ । अब प्रश्न उठेको भैलोलाई कसरी जोगाउने ? स्थानीय तह, समुदाय र नयाँ पुस्ताको सक्रियताले मात्रै यो परम्परालाई फेरि जीवन्त बनाउन सकिन्छ । नत्र भने भैलो जुम्लाको बस्तीमा होइन, केवल सम्झनामा मात्र सीमित हुने खतरा बढ्दै गएको छ ।

    Post Views: 298

    ताजा खबर मुख्य समाचार
    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    naurate nepali
    • Website

    Keep Reading

    पालिका स्तरीय राष्ट्रपति रनिङशिल्डमा सरस्वती मावि तल्फी प्रथम

    बजेटमा बालबालिकाका मुद्दा सम्बोधन गर्न माग

    यमराज कार्कीको ‘जाग्राम जुम्ला’ सार्वजनिक

    आयुर्वेद स्वास्थ्य केन्द्रमा स्वर्ण विन्दु प्राशन कार्यक्रम

    जुम्लाका तीन होटल खाद्य स्वच्छतामा सन्तोषजनक

    प्रथम खुला स्ववियु भलिबल प्रतियोगिता सुरु

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    पालिका स्तरीय राष्ट्रपति रनिङशिल्डमा सरस्वती मावि तल्फी प्रथम

    May 1, 20260 Views
    0 Views

    बजेटमा बालबालिकाका मुद्दा सम्बोधन गर्न माग

    May 1, 20260 Views
    0 Views

    यमराज कार्कीको ‘जाग्राम जुम्ला’ सार्वजनिक

    April 26, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.