भदौ १२ जुम्ला
विद्यालय शिक्षा विधेयकका केहि प्रावधानमा असन्तुष्टि जनाउँदै निजी विद्यालयहरु आन्दोलित भएका छन् । देशरभकार निजी विद्यालयहरुले विहिबार विद्यालय बन्द गर्दै आन्दोलित भएका हुन् । जुम्लामा रहेका १८ वटा निजी विद्यालयहरुले शिक्षा विधेयको विरोध गर्दै आन्दोलित भएका छन् ।
पूर्ण छात्रवृत्ति खारेज गर्नु पर्ने, निजी विद्यालय माथिको हस्तक्षेप बन्द हुनु पर्ने, शिक्षा माथि हुने विभेदकारी नीति अन्त्य हुनु पर्ने, उच्च शिक्षामा छात्रवृत्तिमा विभेद बन्द गरिनु पर्ने र शिक्षामा समानता कायम हुनु पर्ने मागहरु राख्दै जुम्लाका निजी विद्यालयका शिक्षकहरु आन्दोलित भएका हुुन् ।
छात्रवृत्तिमा सामुदायि विद्यालय सरह पाउनु पर्ने माग राख्दै आन्दोलनमा उत्रिनु परेको प्याप्सन जुम्लाका सचिव अमरनाथ योगिले बताउनु भयो । विद्यालय शिक्षा विधेयकमा समावेश पूर्ण छात्रवृत्ति, विद्यालयमा उत्पादन नहुने सामग्रीहरू उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, विद्यालयहरूलाई ‘गैर–नाफामुलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनु पर्ने लगायतका माग सरकारले पुरा नगरेसम्म आन्दोलन जारी रहने उहाँको भनाइ छ ।
विद्यालय शिक्षा विधेयक संसदीय समितिमा भदौ ५ गते पारित भएको र अब बस्ने संसद बैठकमा पेश हुने भएकाले त्यो भन्दा पहिला मागहरु पुरा हुनु पर्ने प्याप्सनका केन्द्रिय सदस्य बसन्तसिंह कठायतले बताउनु भयो । विद्यालय शिक्षा विधेयकका केहि प्रावधानमा असन्तुष्टि जनाउँदै आन्दोलन गर्न बाध्य हुनु परेको उहाँको भनाइ छ ।
देशैभरका निजी विद्यालयहरु बन्द गरि पहिलो चरणमा आन्दोलनको सुरुवात भएको छ । सरकारले निजी विद्यालय प्रति गरेको दमनका विरूद्ध सडकमा उत्रिनु परेको कठायतले बताउनु भयो । सरकारलाई ज्ञापन पत्र, सांसदलाई ध्यानकर्षण पत्र, शिक्षा विकास तथा समन्वय इकाई लगायतका निकायलाई ध्यानकर्षण गराउदा पनि मागहरु सुनुवाई नभएकाले आन्दोलन गर्नु परेको हो ।
निजी विद्यालयलाई गुठिमा लैजाने सरकारको निर्णय गलत भएकाले त्यसलाई सच्याई स्वच्छिक रूपमा गुठिमा रूपान्तरण हुन सक्ने व्यवस्था आन्दोलनबाट प्राप्ति भएको छ । निजी विद्यालय प्रति हेपाका हिसाबले सरकार हेर्न मिल्दैन ।
गरिखानेको विरूद्व सरकार लागेको केन्द्रिय सदस्य कठायतले बताउनु भयो । सरकारले निजी विद्यालयका माग समयमै सुनुवाई नगरेको खण्डमा विद्यार्थी सहित सडकमा आउन बाध्य हुने उहाँले चेतवानि दिनु भएको छ ।

