कात्तिक १५ जुम्ला
गुठिचौर गाउँपालिका–१ ले आयोजना गरेको खुला वडा भलिबल प्रतियोगिताको उपाधि कालिकोट जिल्ला नरहरीनाथ गाउँपालिका ४ ले प्राप्त गरेको छ । १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद सहित प्रमाण पत्र, मेडल र ट्रफि हात पारेको वडाध्यक्ष अर्जुन कुमार महताराले बताउनु भयो । यस्तै जाजरकोट जिल्ला बारेकोट गाउँपालिका १ को टिम उपविजेता भएको छ ।
उक्त टिमले ७३ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार सहित प्रमाण पत्र, मेडल र ट्रफि प्रदान गरिएको उहाँले बताउनु भयो । तृतिय जुम्ला पातारासी गाउँपालिका वडा नम्बर ६ को टिम भएको छ । उक्त टिमले ३७ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार सहित प्रमाण पत्र, मेडल र ट्रफि प्राप्त गरेको छ । भलिबल प्रतियोगितामा १३ वटा टिमको सहभागिता रहेको थियो ।
जाजरकोटको १, डोल्पाको २, कालिकोट जिल्लाको २ र ८ वटा जुम्लाका टिम खेलमा सहभागि भएका थिए । कात्तिक ९ गतेबाट सुरु भएको भलिबल प्रतियोगिता कात्तिक १४ गते सकिएको हो । एउटा टिममा २ जना खेलाडि बाहिरका हाल्न मिल्ने बनाईएको थियो । आउदा वर्षमा पनि खेल भलिबल प्रतियोगिता हुने वडाध्यक्ष महताराले बताउनु भयो ।

