जुम्ला । नेपाल पत्रकार महासंघ जिल्ला शाखा जुम्लाले प्रदान गर्ने विभिन्न पत्रकारिता पुरस्कार मध्य “युवा तथा खेलकुद पुरस्कार “पुरस्कार बाट जुम्लामा रहि पत्रकारिता गरि रहेका पत्रकार काली बहादुर परियार पुरस्कृत भएका छन् ।
जुम्लामा रहेर रेडियो हुँदै विभिन्न माध्यम बाट पत्रकारिता सुरूवात गरेका गुठिचाैर रिसर्च सेन्टर एण्ड मिडिया प्रा.लि द्वार संचालित दुबाे खबर डटकमका संचालक तथा दिगाे पाेष्ट डटकम जुम्लाका प्रधान सम्पादक परियार पुरस्कृत भएका हुन् ।
महासंघले तोकेको म्यादभित्र प्राप्त आवेदकमध्ये मूल्याङ्कन गरेर परियारलाई यस वर्षको युवा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय भएको थियाे । पुरस्कारमा १० हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिरहेकाे छ ।
यस्तै जुम्लाका पत्रकार परियार सहित ३ जना पुरस्कृत भएका छन् । महिला तथा समावेशी श्रेणी अन्तर्गतको गौरी पदम स्मृति क्रियाशील पुरस्कार तर्फ रेडियो नारी आवाज जुम्लाकी स्टेशन म्यानेजर लक्ष्मी न्यौपाने लाई प्रदान गरिएको छ भने, यस्तै, कृषि तथा पर्यटन पत्रकारिता पुरस्कारका लागि रासस कर्मी पत्रकार विजय रावत लाई प्रधान गरिएको छ ।
महासंघले तिनै जना लाई पुरस्कृत गर्दै पत्रकारहरूको योगदानलाई सम्मानित गर्दै पत्रकारिताको क्षेत्रमा अझै प्रभावकारी भूमिका खेल्ने प्रेरणा दिने उद्देश्य रहेको जनाएको छ ।

