मंसिर १३ जुम्ला
नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनका लागि जुम्लाबाट युवा प्रतिनिधिमा धिरज जैशी चयन हुनु भएको छ । नेकपा एमालेका पूर्व जिल्ला कमिटि समिति सदस्य तथा तातोपानी गाउँपालिका–४ का निर्वतमान वडाध्यक्ष समेत रहनु भएका जैशीलाई केन्द्रीय प्रतिनिधिका आकांक्षीहरुले सर्वसम्मत रूपमा चयन गरेका हुन् । नेकपा एमालेको राजनीतिमा लामो समयदेखि सक्रिय जैशीले आफुलाई केन्द्रीय प्रतिनिधिमा छानिएकोमा सबैप्रति धन्यवाद व्यक्त गर्नु भएको छ ।
पार्टीले दिएको जिम्मेवारी पुरा गर्दै पार्टी हितमा अझ सक्रिय भुमिकामा अघि बढ्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नु भएको छ । जैशी युवा राजनीतिक परिचित व्यक्तित्व हुनुहुन्छ । लामो समयदेखि नेकपा एमालेको संगठनमा सक्रिय रहँदै आउनु भएका जैशीले पार्टीका विभिन्न जिम्मेवारी वहन गर्नु भएको छ ।
स्थानीय राजनीति, विकास निर्माण तथा समुदायसँग नजिकिएर काम गर्न रुचाउने जैशीले आफ्नो कार्यकालमा जनतासँग प्रत्यक्ष सम्वाद र सेवा सुविधा विस्तारलाई मुख्य प्राथमिकतामा राख्नु भएको थियो । पार्टी संगठन विस्तारदेखि युवालाई राजनीतिक नेतृत्वमा प्रेरित गर्नेसम्मका गतिविधिमा उहाँ सक्रिय रहँदै आउनु भएको छ ।
एघारौँ राष्ट्रिय महाधिवेशनका लागि जुम्लाबाट युवा प्रतिनिधिमा चयन भएसँगै उहाँ पुनः एकपटक राष्ट्रिय राजनीति र पार्टीभित्रको नेतृत्व तहमा पहिचान स्थापित गर्न सफल हुनु भएको छ । आगामी दिनमा पार्टी हित, संगठन सुदृढीकरण र जुम्लाको विकासका मुद्दामा अझ सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

