Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    जुम्लामा जटिल प्रकृतिको शल्यक्रिया सफल

    May 4, 20260 Views
    0 Views

    पानीका स्रोतहरूको संरक्षण र पुनर्भरणका विषयमा छलफल

    May 3, 20260 Views
    0 Views

    खलङ्गा खानेपानी समितिको पाँच पदका लागि निर्वाचन हुँदै

    May 2, 20260 Views
    What's Hot
    0 Views

    जुम्लामा जटिल प्रकृतिको शल्यक्रिया सफल

    May 4, 20260 Views
    0 Views

    पानीका स्रोतहरूको संरक्षण र पुनर्भरणका विषयमा छलफल

    May 3, 20260 Views
    0 Views

    खलङ्गा खानेपानी समितिको पाँच पदका लागि निर्वाचन हुँदै

    May 2, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • जुम्लामा जटिल प्रकृतिको शल्यक्रिया सफल
    • पानीका स्रोतहरूको संरक्षण र पुनर्भरणका विषयमा छलफल
    • खलङ्गा खानेपानी समितिको पाँच पदका लागि निर्वाचन हुँदै
    • पालिका स्तरीय राष्ट्रपति रनिङशिल्डमा सरस्वती मावि तल्फी प्रथम
    • बजेटमा बालबालिकाका मुद्दा सम्बोधन गर्न माग
    • यमराज कार्कीको ‘जाग्राम जुम्ला’ सार्वजनिक
    • आयुर्वेद स्वास्थ्य केन्द्रमा स्वर्ण विन्दु प्राशन कार्यक्रम
    • जुम्लाका तीन होटल खाद्य स्वच्छतामा सन्तोषजनक
    Facebook X (Twitter) Instagram YouTube LinkedIn WhatsApp TikTok
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home»राजनीति

    गलत समाचारको छायाँमा निर्वाचन खर्च विवरण

    naurate nepaliBy naurate nepaliDecember 31, 2025 राजनीति No Comments2 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    पुस १६ जुम्ला ।
    २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि जुम्लाका उम्मेदवारहरूले निर्वाचन खर्चको विवरण नबुझाएको भन्ने समाचार केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा फैलाईएको छ । ती समाचारले उम्मेदवारहरूलाई मात्र होइन, समग्र निर्वाचन प्रक्रियामाथि नै प्रश्न उठाएको छ । तर यथार्थ भने फरक रहेको सार्वजनिक भएको छ ।

    नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनु भएका रतननाथ योगीले २०७९ मंसिर १९ गते नै निर्वाचनमा भएको १८ लाख ८ हजार रुपैयाँ खर्चको विवरण मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लामा बुझाई सक्नु भएको प्रमाणसहित जानकारी दिइएको छ । उहाँसँगै गोमा कुँवर र ज्ञानेन्द्र शाहीले विवरण नबुझाएको भनी प्रकाशित समाचारप्रति सोही समयका उम्मेदवारहरूले आपत्ति जनाएका छन् ।

    यस्तै, प्रदेशसभा तर्फ (क) क्षेत्रका उम्मेदवार धिरेन्द्रराज गिरी र (ख) क्षेत्रका उम्मेदवार टेकराज पछाईले पनि तोकिएको समयमै निर्वाचन खर्च विवरण बुझाइसकेको स्पष्ट गरिएको छ । सामाजिक सञ्जाल र केही मिडियाबाट फैलिएको भ्रमलाई चिर्दै नेकपा एमालेका युवा नेता धर्मेन्द्र रोकायाले सबै उम्मेदवारहरूले निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई खर्च विवरण पेश गरेको र दर्ता भएको प्रमाण सार्वजनिक गर्नुभयो ।

    उहाँले खर्च विवरण बुझाए–नबुझाएको विषयमा अन्योल रहे एकपटक निर्वाचन कार्यालय जुम्लामा पुगेर तथ्य बुझ्न सबैलाई आग्रह समेत गर्नुभयो । यो घटनाले सूचनाको विश्वसनीयता कति महत्वपूर्ण हुन्छ भन्ने कुरा फेरि एकपटक उजागर गरेको छ । अपूर्ण वा गलत जानकारीले जनमानसमा भ्रम सिर्जना गर्ने भएकाले तथ्य जाँच गरेर मात्र समाचार सम्प्रेषण गर्नु आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् ।

    गोमा कुँवर (गौतम) ले खर्च विवरण बुझाई सकेको बताउनु भयो । खर्च विवरण बुझाए वा नबुझाएको कार्यालयले सार्वजनिक गर्नु पर्ने उहाँको भनाइ छ ।

     

    Post Views: 451

    ताजा खबर मुख्य समाचार
    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    naurate nepali
    • Website

    Keep Reading

    जुम्लामा जटिल प्रकृतिको शल्यक्रिया सफल

    पानीका स्रोतहरूको संरक्षण र पुनर्भरणका विषयमा छलफल

    खलङ्गा खानेपानी समितिको पाँच पदका लागि निर्वाचन हुँदै

    पालिका स्तरीय राष्ट्रपति रनिङशिल्डमा सरस्वती मावि तल्फी प्रथम

    बजेटमा बालबालिकाका मुद्दा सम्बोधन गर्न माग

    यमराज कार्कीको ‘जाग्राम जुम्ला’ सार्वजनिक

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    जुम्लामा जटिल प्रकृतिको शल्यक्रिया सफल

    May 4, 20260 Views
    0 Views

    पानीका स्रोतहरूको संरक्षण र पुनर्भरणका विषयमा छलफल

    May 3, 20260 Views
    0 Views

    खलङ्गा खानेपानी समितिको पाँच पदका लागि निर्वाचन हुँदै

    May 2, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.