जुम्ला । चन्दननाथ नगरपालिका–७ मिचा गाउँस्थित बाटुल सेना भन्ने ठाउँमा गए राति भालुको आक्रमण भएको छ।मिम बा रावलको स्वामित्वमा रहेको जय मालिका कृषि फर्ममा भालुको आक्रमण हुँदा ठूलो क्षति भएको हो।

स्थानिय मिमबहादुर रावल (फर्मका मालिक) का भेडा गोठमा बसिरहेका फर्ममा भालुले आक्रमण गर्दा १५ देखि १६ वटा भेडा बेपत्ता भएका छन् भने एक भेडा मरेको अवस्थामा फेला परेको हो।

स्थानीयका अनुसार, राति करिब मध्यराततिर भालु गोठमा पसेर भेडा तानेर लगेको अनुमान गरिएको छ। बिहान फर्मका मालिकले निरीक्षण गर्दा गोठ वरिपरि रगतका दाग र भालुको पाउका छाप भेटिएका थिए।

भालुको आक्रमणका कारण स्थानीय किसानहरूमा त्रास फैलिएको छ। पछिल्ला वर्षहरूमा मिचा गाउँ र वरिपरिका क्षेत्रमा भालुका आक्रमण बढ्दै गएका कारण किसानहरू राति गोठ वरिपरि बत्ती बाल्ने र सुरक्षा उपाय अपनाउन बाध्य भएका छन्।

Share.

Leave A Reply

Exit mobile version