Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    पालिका स्तरीय राष्ट्रपति रनिङशिल्डमा सरस्वती मावि तल्फी प्रथम

    May 1, 20260 Views
    0 Views

    बजेटमा बालबालिकाका मुद्दा सम्बोधन गर्न माग

    May 1, 20260 Views
    0 Views

    यमराज कार्कीको ‘जाग्राम जुम्ला’ सार्वजनिक

    April 26, 20260 Views
    What's Hot
    0 Views

    पालिका स्तरीय राष्ट्रपति रनिङशिल्डमा सरस्वती मावि तल्फी प्रथम

    May 1, 20260 Views
    0 Views

    बजेटमा बालबालिकाका मुद्दा सम्बोधन गर्न माग

    May 1, 20260 Views
    0 Views

    यमराज कार्कीको ‘जाग्राम जुम्ला’ सार्वजनिक

    April 26, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • पालिका स्तरीय राष्ट्रपति रनिङशिल्डमा सरस्वती मावि तल्फी प्रथम
    • बजेटमा बालबालिकाका मुद्दा सम्बोधन गर्न माग
    • यमराज कार्कीको ‘जाग्राम जुम्ला’ सार्वजनिक
    • आयुर्वेद स्वास्थ्य केन्द्रमा स्वर्ण विन्दु प्राशन कार्यक्रम
    • जुम्लाका तीन होटल खाद्य स्वच्छतामा सन्तोषजनक
    • प्रथम खुला स्ववियु भलिबल प्रतियोगिता सुरु
    • भगवती आधारभूत विद्यालय शैक्षिक योजना निर्माणमा जुट्यो
    • जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड
    Facebook X (Twitter) Instagram YouTube LinkedIn WhatsApp TikTok
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home»समाचार

    कर्णाली प्राविधिक शिक्षालय अवलोकनमा प्रधानमन्त्री कार्की

    karnaliajaBy karnaliajaMarch 19, 2026Updated:March 19, 2026 समाचार No Comments2 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जुम्ला । कर्णालीको दुर्गम भूगोलमै प्रधानमन्त्रीको आकस्मिक उपस्थितिले जुम्ला यतिबेला राजनीतिक मात्र होइन, शैक्षिक हिसाबले पनि चर्चाको केन्द्र बनेको छ । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार जुम्लास्थित ऐतिहासिक कर्णाली प्राविधिक शिक्षालयको अवलोकन गर्दै यहाँका सम्भावना र चुनौतीबारे प्रत्यक्ष जानकारी लिएकी छन् ।

    सुर्खेतबाट रारा ताल हुँदै जुम्ला आइपुगेकी प्रधानमन्त्री कार्कीले सदरमुकाम खलंगाको उत्तरी क्षेत्रमा रहेको शिक्षालय पुगेर प्राविधिक शिक्षाको अवस्था, पूर्वाधार विकास र दक्ष जनशक्ति उत्पादनको अवस्थाबारे चासो व्यक्त गरिन् ।

    प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गर्दै प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको समन्वयमा नम्बर २४ बाहिनी अड्डाले सुरक्षा व्यवस्था कडा बनाएको थियो । यसैक्रममा शिक्षालय नजिकै निर्माणाधीन १ मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजनाको समेत निरीक्षण गरिएको छ, जसले भविष्यमा ऊर्जा आपूर्तिमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।

    वि.सं. २०३७ सालमा स्थापना भएको कर्णाली प्राविधिक शिक्षालय कर्णाली क्षेत्रकै मात्र नभई देशकै महत्वपूर्ण प्राविधिक शिक्षालयका रूपमा परिचित छ । यहाँ कर्णालीका १० जिल्लासहित विभिन्न स्थानका हजारौं विद्यार्थी अध्ययनरत छन् भने हालसम्म ४ हजारभन्दा बढी दक्ष जनशक्ति उत्पादन भइसकेको छ ।

    यद्यपि, यस्तो महत्वपूर्ण संस्था राज्यको प्राथमिकतामा नपरेको भन्दै यसको स्तरोन्नतिमा ढिलाइ भएको स्थानीयको गुनासो छ । प्रधानमन्त्रीको यस अवलोकनपछि शिक्षालयको विकास, पूर्वाधार विस्तार र गुणस्तर सुधारका विषय अब राष्ट्रिय प्राथमिकतामा पर्ने अपेक्षा गरिएको छ ।

    अवलोकनपछि प्रधानमन्त्री कार्की केही समयका लागि बाहिनी अड्डामा विश्राम गरिरहेकी छन् । भ्रमण औपचारिकभन्दा अनौपचारिक ढंगले गरिएको हुँदा ठूलो सार्वजनिक कार्यक्रम राखिएको छैन । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार प्रधानमन्त्रीको आज राति जुम्लामै बस्ने कार्यक्रम छ भने भोलि बिहान चन्दननाथ–भैरवनाथ मन्दिर दर्शन गर्ने प्रारम्भिक योजना रहेको छ । त्यसपछि उहाँ जुम्लाबाट फर्किने कार्यक्रम रहेको छ ।

    Post Views: 165

    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    karnaliaja
    • Website

    Keep Reading

    पालिका स्तरीय राष्ट्रपति रनिङशिल्डमा सरस्वती मावि तल्फी प्रथम

    बजेटमा बालबालिकाका मुद्दा सम्बोधन गर्न माग

    यमराज कार्कीको ‘जाग्राम जुम्ला’ सार्वजनिक

    आयुर्वेद स्वास्थ्य केन्द्रमा स्वर्ण विन्दु प्राशन कार्यक्रम

    जुम्लाका तीन होटल खाद्य स्वच्छतामा सन्तोषजनक

    प्रथम खुला स्ववियु भलिबल प्रतियोगिता सुरु

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    पालिका स्तरीय राष्ट्रपति रनिङशिल्डमा सरस्वती मावि तल्फी प्रथम

    May 1, 20260 Views
    0 Views

    बजेटमा बालबालिकाका मुद्दा सम्बोधन गर्न माग

    May 1, 20260 Views
    0 Views

    यमराज कार्कीको ‘जाग्राम जुम्ला’ सार्वजनिक

    April 26, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.