८ मुक्तक
आरु ओखर स्याउ सुन्तला फल्छ कर्णालीमा
झरो टुकि लालटिन अझै बल्छ कर्णालीमा
प्रकूतिको उपहार हो मेरो जन्म थलो
भ्रष्ट नेता अस्थिर सरकार ढल्छ कर्णालीमा
हिजो अस्ति मायाको घमण्ड थियो कसै-कसैलाइ
मनमा हर्ष अनि अहम्ता थियो कसै-कसैलाइ
मायाको चौतारी भत्किए छ आज राम्रै भए छ
हिजो अस्ति मायानै सबथोक थियो कसै-कसैलाइ।
छिमेकी राष्ट्र ले चन्द्रमामा हेर यान उठाउँछ
मेरो देशले एरपोर्टमा लास ल्याउन भ्यान पठाउँछ ।
अझै त्यति मात्र कहाँ होर मेरो देशको सरकारले
एक ब्यक्ति पाँच लाख बाकसमा ज्यान पठाउँछ।
दुष्ट दलालको षड्यन्त्रको जालमा छ मेरो देश
गुन्डा र फटाहाको धुर्त्याइको खालमा छ मेरो देश
निर्वज्म सुशासनहरु नेपाल आमाको चिरहरण गर्छन्
बलात्कृत भइ नाङ्गिएकी नारी जस्तै हालमा छ मेरो देश
छल्न पनि यसरी छल्यो अचम्म लाग्छ
यता निभ्यो उता बल्यो अचम्म लाग्छ
मेरो नाडिमा बसेर पनि मेरो नहुने
सधैं अरुकै लागि चल्यो अचम्म लाग्छ।।
आउ भन्छौ त्यस्तो बेला कसरी आउ
परेको छु पिन्जडाको फेला कसरी आउ
आज भोलि भलाइ गर्नु हुन्न कसैलाइ
आफ्नै गर्छन अनेक मेला कसरी आउ
समाज फुटाउने ठुलो कुनै पर्खालमा छु
न्याय खोज्दै कहाँ जाउ यस्तो हालमा छु
गल्ती बिना सजाय भोग्नु पर्ने कस्तो विडम्बना
बुझ्नै नसकिने यो कानुनको छुट्टै जालमा छु
आमा गर्थिन् घाँस दाउरा वन पाखामा
मेरो फोटो हुन्थो सधैं उनको आँखामा
वर्षै पुगे छ हेर त आमा सँग भेट नभाको
धोको फेरि रुन मन छ बसी उनको काखामा

